निर्धारित समयमा मतदान नहुने भएपछि,निर्वाचनको नतिजा भोलि मात्रै आउने

काठमाण्डौं । नेकपा (एमाले(को महाधिवेशनमा निर्वाचनको परिणाम भोलि मात्रै आउने भएको छ। निर्धारित समयमा मतदान नहुने भएपछि नतिजा केही ढिला गरी आउने भएको हो। मंगलबार बिहान ११ बजेदेखि मतदान हुने भनिएपनि प्राविधिक तयारीका कारण मतदान ४ बजेपछि मात्रै हुने भएको छ। यसअघि निर्वाचन कार्यक्रम संशोधन गर्दै मतदानको समय बिहान ११ बजेदेखि साँझ ६ बजेसम्मका लागि तय गरिएको थियो। एमालेले आफ्नो महाधिवेशनमा रामलक्ष्मण इनोभेसन प्रालिले बनाएको विद्युतीय भोटिङ मेसिन् प्रयोग गर्दै आइरहेको छ।

यसपालि पनि सोही कम्पनीले बनाएको मेसिन प्रयोग गर्नेछ। रामलक्ष्मण इनोभेसन प्रालिका प्राविधिक लक्ष्मण रिमालका अनुसार निर्वाचन आयोले उम्मेदवारको फाइनल लिस्ट राति १ बजे मात्रै दिएको थियो। सोही अनुसार अहिले भोटिङ मेसिनमा उम्मेदवारको फोटो कोडिङ भइरहेको र सूचीकृत गर्न अपराह्न चार बजेसम्म लाग्ने उनले बताएका छन्। त्यसैले एमालेले निर्धारण गरेको ११ बजेदेखि मतदान कार्यक्रम सुरू नहुने भएको हो। अर्यालका अनुसार यसपालि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुनेछ। मतदान गर्न एकजना मतदातालाई कम्तीमा ३५,४० मिनेट लाग्नेछ। एमालेको यो महाधिवेशनमा भूगोल, गैरभूगोल, आयोजक, विभाग, निकाय र मनोनीत गरी कूल २ हजार २६२ प्रतिनिधि छन्। यसअनुसार बुधबार मध्याह्नसम्म मतदान गर्न लाग्छ। अहिलेको हिसाबले नतिजा चाहिँ मध्याह्नपछि आउने एक नेताले बताए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *