बिपी राजमार्ग करिब १६ घण्टापछि सुचारु

काभ्रे । वर्षाका कारण अवरुद्ध भएको बिपी राजमार्ग करिब १६ घण्टापछि सुचारु भएको छ ।

हिजो सोमबार रातिको वर्षाका कारण रोशी खोलमा आएको बाढीले सो सडकको माम्ती, डालाबेसी र बोक्सी डाँडामा क्षति पुर्याएको थियो । ती मध्ये अन्य ठाउँमा सडक मर्मत र डाइभर्सन मर्मत गरेर सडक खुलाइएको छ । असोज महिनामा आएको बाढीले बीपी राजमार्ग बगाएपछि खोलामा निर्माण गरिएको डाइभर्सन सोमबारको बाढीले बगाएपछि सडक दुई तर्फी रुपमा अवरुद्ध भएको थियो ।

बीपी मार्ग स्थायी रूपमा निर्माणको काम नहुँदासम्मको लागि अस्थायी बाह्रै महिना यातायात सञ्चालन हुनेगरी सडक निर्माणको काम भइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *