नेपालले बहराइनलाई ६ विकेटले जित्यो

काठमाडौँ । आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटको महत्त्वपूर्ण खेलमा नेपालले बहराइनमाथि डिएसएल मेथडमा ६ विकेटको जित निकालेको छ।

बिहीबार थाइल्यान्डमा भएको समूह ‘सी’ को आफ्नो अन्तिम खेलमा नेपालले बहराइनलाई पराजित गरेसँगै समूहको शीर्ष स्थानमा रहेर सुपर-३ मा पुग्ने सम्भावना कायम राखेको हो । थाइल्यान्डको बैंककमा वर्षाले प्रभावित खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको बहराइनले ३ विकेटको क्षतिमा ७६ रन बनाउँदा खेल रोकिएको थियो । वर्षा रोकिएपछि नेपाललाई डिएसएलको मेथडमा ७ ओभरमा ५६ रनको लक्ष्य दिइएको थियो। जुन लक्ष्य नेपालले ५.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालको जितमा कप्तान इन्दू बर्माले राम्रो ब्याटिङ गर्न सकिन् । उनले ७ बलमा नटआउट २४ रन जोड्दा नेपालको जित सम्भव भयो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *