कनेक्ट आइपीएसको नयाँ अफर, लाइफ इन्स्युरेन्स प्रिमियम तिर्दा क्यासब्याक

काठमाडौं । कनेक्ट आइपीएसले ‘सुरक्षा सँगै क्यासब्याक, कनेक्ट आइपीएसको साथ’ भन्ने नारासहित लाइफ इन्स्युरेन्स प्रिमियम भुक्तानीमा आकर्षक क्यासब्याक अफर सार्वजनिक गरेको छ । यो अफर जेठ ४ गतेदेखि साउन ३१ गतेसम्म लागू हुनेछ । अफर अनुसार कनेक्ट आइपीएसमार्फत लाइफ इन्स्युरेन्स कम्पनीको प्रिमियम तिर्ने ग्राहकहरूमध्ये प्रत्येक हप्ता लक्की ड्रमार्फत छानिने १० जना भाग्यशाली विजेताले एक–एक हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् । यस्तै, हरेक महिनाको अन्त्यमा एकजना भाग्यशाली विजेताले प्रिमियम बराबरको रकम वा अधिकतम २० हजार रुपैयाँसम्मको क्यासब्याक जित्न सक्नेछन् । कम्पनीका अनुसार साप्ताहिक तथा मासिक विजेताको नाम कनेक्ट आइपीएसको वेबसाइट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ । उक्त अफर कनेक्ट आइपीएसको वेब, मोबाइल एप तथा इन्स्युरेन्स कम्पनीको वेबसाइटमा जोडिएको गेटवे मार्फत भुक्तानी गर्दा मात्र लागू हुनेछ । हाल यस प्रणालीबाट १७ वटा (लाइफ र केही माइक्रो लाइफ) बीमा कम्पनीहरूको प्रिमियम सजिलै भुक्तानी गर्न सकिन्छ ।

बैंकका ग्राहकहरूले एकै प्लेटफर्ममार्फत धेरै बैंक खाताहरू लिंक गरी सजिलै फन्ड ट्रान्सफर र विविध प्रकारका भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध गराउने कनेक्ट आइपीएस अत्याधिक प्रयोगमा आउन थालेको छ । कनेक्ट आइपीएसको वेबसाइटमार्फत प्रति कारोबार २० लाख रुपैयाँ र मोबाइल एपमार्फत २ लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिन्छ । यस सेवामार्फत मोबाइल रिचार्ज, बिजुली तथा इन्टरनेटको बिल, टेलिफोन, स्कुल फी, हायर पर्चेज, सरकारी राजस्व, लोकसेवा, ट्राफिक फाइन, सेयर कारोबार, नेपालपे क्युआर लगायतका भुक्तानी सेवा उपलब्ध छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *