नेपाल महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट
काठमाडौँ । नेपालले युएईलाई पराजित गर्दै आइसीसी महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरका लागि छनौट भएको छ ।
एशिया छनौटको सुपर थ्री अन्तर्गतको खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपाल ग्लोबल क्वालिफायारमा छनौट भएको हो ।युएईले दिएको ११५ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि कप्तान इन्दु बर्माले अविजित ३० रन बनाएकी थिइन् । त्यसैगरी रुबिना क्षेत्रीले २३ र सम्झना खड्काले २१ रन बनाएकी थिइन् ।
यस अघि टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउदै ११४ रन बनाएको थियो । युएईकी इशा ओजाले सर्बाधिक ३९ रन बनाएकी थिइन् भने थीर्था सतिशले २१, हिना होटचानदनीले २० रन बनाएकी थिइन् ।
नेपाली बलर मनिषा उपाध्यायले सर्बाधिक ४ विकेट लिएकी थिइन् भने कविता कुँवरले २ र राजमती ऐरीले एक विकेट लिएकी थिइन् ।