मोरङमा सांसद सवार गाडी र डीएसपीको कार ठोक्किँदा क्षति

काठमाडौं । कोसी प्रदेशका चार सांसद सवार गाडी र झापा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्र खड्काले चलाएको कार मोरङको कानेपोखरीमा सोमबार आपसमा ठोक्किएपछि दुर्घटना भएको छ।

विराटनगरतर्फ प्रदेशसभा बैठकमा सहभागी हुन जाँदै गरेका प्रदेशसभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार गाडीलाई विपरीत दिशाबाट तीव्र गतिमा आएको बा५च ३५२० नम्बरको कारले ठक्कर दिएको हो। इलाका प्रहरी कार्यालय पथरीका अनुसार दुर्घटनामा गाडीहरूमा सामान्य क्षति पुगेको छ भने सांसदहरू सबै सकुशल रहेका छन्।

दुर्घटनापछि सांसद मैयाँ श्रेष्ठले सञ्चारकर्मीसँग कुरा गर्दै, मेरै गाडीमा आउँदै थियौँ, तीव्र गतिमा आएको गाडीले एक्कासि ठक्कर दियो। हामी सबै सुरक्षित छौँ तर गाडीमा भने क्षति पुगेको छ, भनिन्। सांसदहरू विराटनगरमा आयोजना हुने कोसी प्रदेशसभाको बैठकमा सहभागी हुन यात्रा गरिरहेका बेला उक्त घटना भएको थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *