नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौँ । नेपाल थाइल्याण्डसँग पराजित भएको छ ।

आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौटको सुपर थ्री अन्तर्गतको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग ७८ रनले पराजित भएको हो । थाईल्याण्डले दिएको १५९ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउदै ८० रन बनाएको थियो । नेपालका लागि कबिता कुँवरले सर्बाधिक २४ रन बनाएकी थिइन् भने राजमती ऐरीले २० र रुबिना क्षेत्रीले १२ रन बनाएकी थिइन् । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको थाइल्याण्डले २० ओभरमा २ विकेट गुमाउदै १५८ रन बनाएको थियो ।

थाइल्याण्डका लागि नन्नापाट कोन्चारोनकाई र नताया बूचाथामले ५०-५० रन बनाएका थिए । त्यसैगरीअफिसरा सुवानचोनराथीले २९ रन बनाएकी थिइन् । त्यस्तै नेपाली बलर राजमती ऐरी र मनिषा उपाध्यायले एक एक विकेट लिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *