प्रधानमन्त्री ओली र सभापति देउवाबिच भेट भएसँगै मन्त्रिपरिषद्को बैठक आह्वान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटपछि प्रधानमन्त्री ओलीले आज साँझ ५ बजे बस्नेगरि मन्त्रिपरिषद् बैठक बोलाएको बालुवाटार स्रोतले जानकारी दिएको छ । आजको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको तयारी गरिएको बुझिएको छ । आजै ४ बजे गभर्नर सिफारिस समितिको बैठक समेत बोलाइएको बुझिएको छ ।
यसअघि सोमबार मन्त्रिपरिषद् बैठक बोलाईएको भएपनि अन्तिम समयमा स्थगित गरिएको थियो ।