गोर्खाज फाइनान्सको ३०औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको ३०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८०।८१ को सञ्चालक समितिको प्रतिवेदन, वित्तीय विवरण र लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ । साथै आर्थिक वर्ष २०८१।८२ को अन्तिम लेखापरीक्षणका लागि एनबीएसएम एसोसियट्सलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय गरिएको जानकारी प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र इवाहाङले दिएका छन् ।

सभामा विभिन्न मितिमा रिक्त भई सञ्चालक समितिबाट नियुक्त गरिएका सञ्चालकहरूको नियुक्ति अनुमोदनसमेत गरिएको थियो । कार्यक्रमको अवसरमा संस्थामा २० वर्षभन्दा बढी सेवा गरेका कर्मचारीहरूलाई सम्मान गरिएको छ भने ३० वर्षभन्दा बढी सेवा गरी अनिवार्य अवकाशमा गएका कर्मचारी मुकुन्द श्रेष्ठको बिदाई समेत गरियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *