शिखर इन्स्योरेन्सले पायो ‘डबल ए माइन्स क्रेडिट रेटिङ्ग प्राप्त
काठमाडौं । शिखर इन्स्योरेन्सले इक्रा नेपालबाट ‘डबल ए माइन्स को रेटिङ प्राप्त गरी नेपालको सबैभन्दा बलियो तथा सुरक्षित बीमा कम्पनीका रुपमा परिचित गराउन सफल भएको छ । नेपाल सरकारको लगानी तथा बैदेशिक लगानी रहेको कम्पनीहरु बाहेकका कम्पनीहरु मध्ये एए माइन्स रेटिङ वा सो भन्दा उच्च क्रेडिट रेटिङ प्राप्त गर्ने एक्लो कम्पनी शिखर इन्स्योरेन्स कम्पनी बनेको छ । नेपालमा सरकारको स्वमित्व रहेको दुइ वटा निकाय र बैदेशिक लगानी रहेको तीन वटा बैंकहरुले मात्र एए माइन्स वा सो भन्दा उच्च स्तरको रेटिङ प्राप्त गरेको छ । रेटिङका क्रममा इक्रा नेपालबाट कम्पनीको निम्न सबल पक्षहरुको विश्लेषण गरिएको छ । शिखर इन्स्योरेन्सले नेपालको बीमा क्षेत्रमध्यकै सबै भन्दा अधिक रकम तथा सबैभन्दा अधिक मात्राको महाविपत्ति पुनर्बीमा व्यवस्था गरेको छ । ह्यानओभर रि तथा स्वीस रि जस्ता अन्तराष्ट्रिय रुपमै अग्रणी पुनर्बीमा कम्पनीहरुको साथ पाएको शिखर इन्स्योरेन्सले आफ्ना पुनर्बीमकहरुकै साथका कारण भुकम्प तथा बाढी लगायतका बीमा दाबीको दाबी द्रुत गतीमा भुक्तानी गर्न सफल रहेको छ । विगतमा समेत भुकम्प बाढी तथा पहिरो तथा हुलदंगाको दाबी भुक्तनी दु्रत गतिमा भुक्तानी गरी नेपालको निर्जिवन बीमा क्षेत्रमा उत्कृष्ट बीमा कम्पनीका रुपमा आफूलाई प्रमाणित गर्दै आएको छ ।
यसका साथै, शिखर इन्स्योेरेन्स ISO 27001 Information Security Management System कोे अन्तराष्ट्रिय गुणस्तरको प्रमाणपत्र प्राप्त गर्ने पहिलो र एक्लो निर्जिवन बीमा कम्पनीका रुपमा समेत रहेको छ । नेपाल बीमा प्राधिकरणबाट जारी गरिएको जोखिममा आधारित पँजी सम्बन्धि व्यवस्थाहरु अनुसार समेत ३.६७ को उत्कृष्ट सोल्भेन्सी अनुपातसंगै शिखर इन्स्योरेन्सले आफ्नो वित्तीय अवस्थालाई मजबुत बनाउँदै आएको छ । नेपाल बीमा प्राधिकरणबाट जारी गरिएको रु.२५० करोडको न्युनतम चुक्ता पुँजी कायम भैसकेको अवस्थामा समेत नगद लाभांसको साटो बोनस शेयरको माध्यमबाट चुक्ता पुँजी थप वृद्धि गरी आफ्नो मजबुत वित्तीय अवस्थालाई कायम गर्दै आएको छ । शिखर इन्स्योरेन्सले विगत १० वर्ष देखि निरन्तर रुपमा नेपालको निर्जिवन बीमा क्षेत्रमा सबै भन्दा अधिक बजार हिस्सा ओगटन सफल रहँदै आएको छ । अन्य बीमा कम्पनीहरु एक आपसमा गाभिएर संयुक्त कारोबार गरेको अवस्थामा समेत शिखर इन्सयोरेन्सले आफ्नो बजार हिस्सा कायमै राख्न सफल रहँदै आएको छ । कम्पनीको अनुभवी व्यवस्थापन पक्षको साथ संगै कम्पनीले आफ्नो जोखिम व्यवस्थापनलाई मजबुत बनाउँदै आइरहेको छ । डबल ए माईन्स रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै बहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहन्छ । डबल ए प्लस माइनस रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुन्छ । क्रेडिट रेटिङमार्फत कुनै व्यक्ति वा संगठित संस्थाको साखको गुणस्तर सम्बन्धमा मूल्याङ्कन गर्ने तथा राय प्रकट गर्ने काम गरिन्छ । यसमा संस्थाको ऋण दायित्व भुक्तान गर्ने क्षमता सम्बन्धमा निहित जोखिमबारे सरल र बुझ्न सकिने सांकेतिक सूचकका रुपमा राय दिइन्छ । इक्रा नेपालले कम्पनीको वित्तीय अवस्था, सम्पत्ति, व्यवसायिक तथा वित्तीय जोखिमहरुको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा वाह्य वातावरणीय तत्वहरुलगायतको विश्लेषण गरेको थियो । सोही विश्लेषणका आधारमा प्राधिकरणको क्रेडिट रेटिङ गरिएको हो । उच्च क्षमतायुक्त क्रेडिट रेटिङ पाएसँगै अब नेपाल पुनर्बीमा कम्पनीलाई व्यवसाय विस्तारमा थप सहज भएको छ ।