एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ ।

ललितपुरको च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे सचिवालयको बैठक बस्ने भएको हो । भिजिट भिसामा जानेहरुबाट रकम असुली भएको प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको आरोप लागिरहेका बेला एमाले सचिवालय बैठक बस्न लागेको हो । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता शेखर कोइरालाले गृहमन्त्री लेखकले नैतिकताको आधारमा राजीनामा दिनु उपयुक्त हुने बताएका थिए ।

एमाले बैठकमा लेखकमाथि लागेको आरोपलगायत विषयसहित समसामयिक राजनीति र सरकारका कामकारबाहीबारे छलफल हुने बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *