प्रधानमन्त्री ओलीलाई उत्तेजित अभिव्यक्ति नदिन आग्रह
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उत्तेजित अभिव्यक्ति नदिन आग्रह गरेका छन् ।
आज (सोमबार) बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रया दिने क्रममा अभिव्यक्ति मार्फत उत्तेजनामा ल्याउन नहुने विचार राखेका हुन् । उनले भने, ‘हामीले त कसैलाई उत्तेजनामा ल्याउने काम गर्न पाइँदैन भने सम्माननीय प्रधानमन्त्रीले त्यस्तो भन्नुहुन्छ भन्नेकुरा कल्पना पनि गरिँदैन । त्यसैले यो जे जस्ता कुराहरु बाहिर सुनियो । त्यस्ता कुराहरु बाहिर आइन्दा नदोहोरियोस् ।’कसैले पनि उत्तेजनामा ल्याउने काम गर्न नहुने भन्दै महामन्त्री थापाले प्रधानमन्त्रीले स्वयं उत्तेजक हुने अभिव्यक्ति दिने कुरा कल्पना बाहिरको कुरा भएको बताए ।
जेठ १५ मा राप्रपा, राप्रपा नेपाललगायतका दल र विभिन्न राजावादी संघसंस्थाले राजतन्त्र पुनर्स्थापना, संघीयता खारेजी, हिन्दूराज्य पुनर्स्थापना लगायतका माग राखेर आन्दोलन थाल्ने घोषणा गरेका छन् उक्त आन्दोलनलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले आफ्ना कार्यकर्तालाई राजधानी काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न निर्देशन दिएका थिए ।
















