क्लासिक टेकको १ जीबीपीएस इन्टरप्राइज–प्रो इन्टरनेट स्पिड सार्वजनिक

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले व्यापार–व्यवसाय मध्यनजर गर्दै १ हजार एमबीपीएस अर्थात् १ जीबीपीएसको इन्टरप्राइज–प्रो इन्टरनेट स्पिड सार्वजनिक गरेको छ । यसमा पब्लिक आईपी एड्रेस, एलटु सर्पोट र वाइफाई ६ राउटर निःशुल्क रहेको कम्पनीले जनाएको छ । विशेषगरी धेरै प्रयोगकर्ता भएको व्यवसाय जस्तै, होस्टल, स्कुल, हस्पिटल, आईटी कम्पनी, कन्सल्टेन्सी, होटल लगायतलाई मध्यनजर गर्दै यो प्याकेज सञ्चालन गरिएको हो ।

साना इन्टरनेट स्पिडले धेरै प्रयोगकर्ता इन्टरनेटमा जोडिँदा प्रायः स्पिड कम हुने र कन्जेसन हुने भएकाले धेरै प्रयोगकर्तालाई सपोर्ट गर्न सक्ने इन्टरनेट स्पिडको माग अनुसार १ जीबीपीएस इन्टरप्राइज प्रो प्याकेज सार्वजनिक गरिएको क्लासिक टेकले जनाएको छ । १ जीबीपीएसको मूल्य मासिक ७ हजार २ सय ९९ रुपैयाँबाट सुरु हुन्छ । यतिमात्र नभई ५ सय एमबीपीएसको इन्टरप्राइज प्रो पनि सार्वजनिक भएको छ । यसअन्तर्गत यो सेवा ग्राहकका लागि काठमाडौं लगायत देशका प्रमुख सहरमा सेवा सुरु भइसकेको कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *