प्रतिनिधिसभाको बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक सूचना टाँस गरेर भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।
भिजिट भिषा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने तथा स्वतन्त्र छानबिन आयोग बनाउनु पर्नु भन्दै संसदमा आज अबरोध भएको थियो । पहिले विहान बैठक सुरू भएलगत्तै नेकपा माओवादी केन्द्र, रास्वपालगायतले गृह मन्त्री लेखकको राजिनामा माग गरेका थिए । संसद चल्न नदिए पछि ३० मिनेटका लागि स्थगित गरिएको बैठक दिऊँसो २स्३० बजे बस्ने भनिएको थियो।
तर उक्त समयमा पनि बैठक बस्न नसके पछि सुचना टाँस गरेर भोलि ११:०० बजेसम्मका लागि स्थगित गरिएको हो।