डिशहोमको ब्रान्ड एम्बेस्डरमा दिव्या रायमाझी
काठमाडौं । इन्टरनेट सेवा प्रदायक डिशहोम ईन्टरनेटले अभिनेत्री दिव्या रायमाझीलाई आफ्नो ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ । ब्रान्ड एम्बेस्डर सम्झौता कार्यक्रम हालै डिशहोमको कर्पोरेट कार्यालय भैंसेपाटीमा सम्पन्न भएको छ । उक्त सम्झौतामा डिशहोम ईन्टरनेटको तर्फबाट मुख्य बजार अधिकृत संजय प्रसाद राजभण्डारी र दिव्या रायमाझीले हस्ताक्षर गरे ।
चलचित्र क्षेत्रको नयाँ पुस्ताबाट उदाउँदै गरेकी रायमाझीको ताजगीपूर्ण छवि, युवामाझको लोकप्रियता र डिजिटल यात्राप्रतिको सरोकारलाई डिशहोम ईन्टरनेटले आफ्नो ब्रान्ड दृष्टिकोणसँग आत्मसाथ गरेको हो ।