राजसंस्था पक्षधरहरुले शनिबार दरबारमार्ग महेन्द्र शालिक अगाडी प्रर्दशन गर्ने

काठमाडौँ । राजसंस्था पक्षधरहरुले शनिबार दरबारमार्ग महेन्द्र शालिक अगाडी प्रर्दशन गर्ने भएका छन् ।

आज (शुक्रबार) सम्पन्न आन्दोलनपछि राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले दोस्रो दिनको माइतीघर र बबरमहल क्षेत्रको आन्दोलन सफल भएको भन्दै अब शनिबार तेस्रो दिन दरबारमार्गको महेन्द्र शालिक अगाडी आन्दोलन गर्ने जानकारी दिएका हुन् । राजसंस्था पक्षधर दलहरु र अभियानले एक साथ विहिबारदेखि अनिश्चितकालीन आन्दोलन शुरु गरेका थिए ।

उनीहरुले पहिलो दिन विहिबार रत्नपार्क केन्द्रित प्रदर्शन गरेका थिए । दोस्रो दिन बबरमहल, माइतीघर क्षेत्रमा प्रर्दशन गरेका हुन् भने भोली तेस्रो दिन दरबारमार्गमा गर्न लागेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *