कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)का एसएसपी होबिन्द्र बोगटीले उनलाई नेपाल–भारत सिमानाको बेलहीया नाकाबाट शनिबार पक्राउ गरेको बताए । सीआईबीले नेपाल–भारत सिमानाबाट पक्राउ गरेको भने पनि उनलाई भारतीय भूमिबाट पक्राउ गरेको स्रोतको भनाइ छ । सीआईबीका अनुसार उनलाई म्याद थपका लागि बाँके लगिँदै छ ।

बाँके घर भएका राय २०७६ देखि २०७९सम्म बैंकको सीईओका रुपमा कार्यरत थिए । यो बैंक २०६० सालमा खुलेको थियो । रायमाथि ४ अर्ब ९० करोड रुपैयाँ अपचलन गरेको आरोप छ । बैंकमा भएको अपचलनको अनुसन्धान प्रक्रिया अघि बढेपछि उनी फरार भएका थिए । रकम अपचलनमा बैंकका पूर्वसीईओ दिनेशकुमार रावत, वित्त विभाग प्रमुख बेदप्रकाश ठकुरी र निरजविक्रम शाह समेत संलग्न रहेको बैंकको आन्तरिक छानबिनबाट खुलेको थियो । हाल कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमा छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *