गृहमन्त्रीलाई सदनमा बोल्न दिने माओवादीको संकेत

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद्को अवरोध खोल्न सत्तापक्ष र विपक्षीसँग संवाद र छलफल गर्ने भएको छ ।

आज (बिहीबार) बिहान बसेको माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठकले प्रमुख प्रतिपक्षको हैसियतले संसद् अवरोध खुलाउन पहल गर्ने निर्णय गरेको हो । माओवादी प्रवक्ता अग्नि सापकोटाले जिम्मेवार प्रतिपक्षको हिसाबले भिजिट भिसा प्रकरणमा निकास निकाल्न अधिकतम जोड दिइने बताए ।

उनले छानबिन अपरिहार्य रहेको भन्दै उक्त छानबिन व्यक्ति विशेषमा नभएको पनि बताए । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा वा छानबिन समिति नबनेसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने रास्वपाको अडान छ । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *