राजनीतिक प्रतिशोध साधेर नेपालविरुद्ध मुद्धा दायर गरियो- वरिष्ठ उपाध्यक्ष पाण्डे

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारले राजनीतिक प्रतिशोध साधेर अध्यक्ष माधव कुमार नेपालविरुद्ध मुद्धा दायर गरिएको आरोप लगाएका छन् ।

अख्तियारले नेपालविरुद्ध पतन्जलीको जग्गा प्रकरणमा विहिबार विशेष अदालत मुद्धा दायर गरेको विषयमा प्रतिक्रिया दिदै पाण्डेले राजनीतिक प्रतिशोधका कारण मुद्दा दायर गरेको आरोप लगाएका छन् । पाण्डेले अध्यक्ष नेपालको यस प्रकरणमा भ्रष्टाचारजन्य काम भएको आफुलाई नलागेको बताउदै भने- ‘यति बेला यो घटना जन्मिनु, आउदो जेठ २८ गते संबैधानिक आयोगका प्रमुखहरु बारे निर्णय आउदै गर्नु र यहि छोटो अवधिमा के के गर्नु पर्ने हो, सबै गर्न खोजे जस्तो देखिदैछ । मलाई राजनीतिक प्रतिशोध हो भन्ने लाग्छ ।’

पाण्डेले नीतिगत निर्णयमा मुद्धा दायर गरिएको भन्दै यसले अब संसदमा रहेका धेरै नेताहरुले बिदा पाउने देखियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *