लक्ष्मी सनराइजको कार्बन उत्सर्जन रिपोर्ट सार्वजनिक

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८०।८१ (२०२३।२४) को कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । यसले वातावरण संरक्षण र जलवायु पारदर्शिताप्रति बैंकको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ । जिम्मेवार बैंकिङको विश्वव्यापी अभ्यासहरू अपनाउने पहल अन्तर्गत यो प्रतिवेदन बैंकको दिगोपन सम्बन्धी वृहत कार्यदिशाको एक पाटो हो । कार्बन अकाउन्टिङ फाइनान्सियल (पीसीएएफ) पद्धतिको अनुसार तयार पारिएको प्रतिवेदनले बैंकको ऋण पोर्टफोलियोका प्रमुख क्षेत्रहरूसँग सम्बन्धित कार्बन फुटप्रिन्टको परिमाण निर्धारण गर्दछ । मूल्याङ्कन गरिएका पोर्टफोलियोहरूबाट सो आर्थिक वर्षमा कुल उत्सर्जन २ लाख २ हजार १३.४२ टन सीओटू बराबर (टीसीओटूई) रहेको थियो ।
पोर्टफोलियो अनुसार उत्सर्जन निम्न अनुसार रहेका छन् :
व्यापार कर्जा: १९०,२९३.४२ टीसीओटूई
परियोजना वित्त : (जलविद्युत बाहेक): ७०५.५६ टीसीओटूई
गाडी कर्जा : १,५२८.९८ टीसीओटूई
घर कर्जा : ९,४८५.४६ टीसीओटूई
त्यस्तै, बैंकको जलविद्युत परियोजनाहरूमा लगानीहरूले अनुमानित २० हजार ३४७.११ टीसीओटूई बराबरको कार्बन उत्सर्जन रोक्न योगदान पुर्याउँदै बैंकको स्वच्छ र नवीकरणीय ऊर्जा समाधानहरूको प्रतिको प्रतिबद्धतालाइ थप जोड दिएको छ । सन् २०४५ सम्ममा नेपालको नेट शून्य उत्सर्जन लक्ष्य अनुरूप बैंकले ग्रीन फाइनान्स, ऊर्जा(सदुपयोगी कर्जाहरू तथा वातावरणीय जोखिम व्यवस्थापनजस्ता प्रयासहरू विस्तार गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना कार्यसञ्चालन र ग्राहक सेवासम्बन्धी प्रणाली तथा अभ्यासहरूमा थ्रीआर दृष्टिकोण (घटाउने, पुनः प्रयोग गर्ने र पुनर्चक्रण ) लाई प्रोत्साहन गर्दै आएको छ । यही योजना अन्तर्गत बैंकले चालु आर्थिक वर्षमा १० हजार रूख रोप्ने साहसी पहल पनि सञ्चालन गरेको छ । यस अन्गर्गत हालसम्म लगभग ७ हजार ५०० रूखहरू रोपिइसकिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *