दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन
काठमाडौँ । सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ ।
नक्साल भाटभटेनी स्थित अम्रपाली ब्यांक्वेट नजिकै उनको घरमा सादा पोसाकका प्रहरी खटिएका हुन् । उनी विरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा जाहेरी दर्ता भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले नक्सालस्थित हिल्टन होटल खरिद गरेको भन्दै पाठकले आफ्नो युट्युब च्यानलमा सामग्री प्रसारण गरेका थिए । त्यसबारे उनी विरुद्ध साइबर अपराध गरेको उजुरी परेको थियो ।