प्रतिनिधि सभामा विपक्षीको अवरोध, बैठक विहिबारसम्मका लागि स्थगित
काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा आज पनि विपक्षी दलहरुले अवरोध गरेका छन् ।
अवरोध भएपछि सभामुख देवराज घिमिरेले बैठक भोलि विहीबारसम्मका लागि स्थगित भएको जानकारी गराएका छन् । बैठक शुरु हुनासाथ विपक्षी दलहरुले उठेर अवरोध गरेका थिए ।
बैठकमा सभामुख देवराज घिमिरेले सबैलाई पालैपालो बोल्न दिने भनेर अनुरोध गरेपनि सत्ता पक्ष र विपक्षका सांसदहरु भनाभन गरिरहेपछि उनले बैठक विहिबार ३ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिएका हुन् ।