मधेस प्रदेशका सांसद सिंह अख्तियारको नियन्त्रणमा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका सांसद सरोजकुमार सिंहलाई नियन्त्रणमा लिएको छ । प्रदेश सांसद विकास कोषको रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा उनलाई आयोगको टोलीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो । उनी मधेस प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन राज्यमन्त्री समेत हुन् ।
महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट प्रदेशसभामा निर्वाचित उनको घरमा अख्तियारले जेठ १२ मा छापा पनि मारेको थियो । घरबाट अनुसन्धान अधिकारीहरूले विभिन्न योजनाका कागजातहरू बरामद गरेका थिए ।