विपक्षी दलहरूको बैठक बस्दै, प्रतिनिधिसभा अवरोधबारे छलफल
काठमाडौं । विपक्षी दलहरूको बैठक बस्दै छ । प्रतिनिधि सभाको जारी अवरोधको विषयमा छलफलमा जुट्न बैठक बस्न लागिएको बताइएको छ ।
विपक्षी नेताहरूका अनुसार बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमै बस्नेछ । प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । त्यसअगाडि विपक्षी दलहरूको बैठक बस्न लागेको हो । बुधबार बसेको विपक्षी दलहरूको बैठकले रास्वपाले प्रस्ताव गरेको ५ बुँदे सहमतिको मस्यौदालाई स्वीकार गर्दै त्यसका सत्तापक्षको धारणा मागेको थियो भने सत्तापक्षले त्यसलाई अस्वीकार गरेको थियो ।
सोहि कारण विपक्षी दलहरुको बैठक बस्न लागेको हो । विपक्षीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै लामो समयदेखि प्रतिनिधिसभाको बैठक अवरोध गर्दै आइरहेका छन् ।