ट्रेड टावरको आईपीओ बाँडफाँट

काठमाडौं । ट्रेड टावरको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा आइतबार बिहान बाँडफाँट गरिएको हो । कम्पनीले जेठ १४ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० अंकित दरमा ३२ लाख ९६ हजार ५०५ कित्ता निष्कासन खुला गरेको थियो । सो निष्कासनमा कुल २० लाख ७४ हजार २८५ जनाले २ करोड ४१ लाख १७ हजार ४८० कित्ता शेयरका लागि आवेदन दिएका थिए ।

जसमध्ये १४ हजार ८९७ आवेदन रद्द भएका छन् भने २० लाख ५९ हजार ३८८ आवेदन स्वीकृत भएका छन् । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा प्रक्रियामार्फत बाँडफाँट गरिएको छ । जसअनुसार ३ लाख २९ हजार ६५० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् । यसरी बाँडफाँट गर्दा शेष रहेको ५.१९ कित्तामध्ये भाग्यमानी ५ जनाले १–१ कित्ताका दरले र एक जनाले ०.१९ कित्ता पाएका छन् । अत्यधिक आवेदन परेको यस आइपीओका कारण करिब १७ लाख लगानीकर्ताले सेयर प्राप्त गर्न सकेनन्। कम्पनीको निष्काशित कित्ता सङ्ख्या हेर्दा यसमा अत्यधिक प्रतिस्पर्धा भएको स्पष्ट देखिएको छ। नतिजा हेर्नका लागि लगानीकर्ताले लक्ष्मी सनराइज क्यापिटलको वेबसाइट, मेरोसेयर एकाउन्ट वा सीडीएस एन्ड क्लियरिङ लिमिटेडको आइपीओ नतिजा हेर्ने वेबसाइट प्रयोग गर्न सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *