पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले सोमबारदेखि लागु हुनेगरी पेट्रोल र डिजेलको मूल्य बढाएको छ । यसअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेलमा प्रतिलिटिर दुई रुपैँया मूल्य बढेको छ । इण्डियन आयल कर्पोरेशनबाट आज १५ जुन २०२५ (असार ०१ २०८२) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. १‍‍।४१ र डिजेलमा रु. १.६७ ले बढेर आएको निगमले जनाएको छ। निगम सञ्चालक समितिको निर्णय बमोजिम भोलिदेखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा रु.१ र डिजेल,मट्टितेलमा प्रति लिटर रु. २ ले बढाइएको निगमद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *