भिजिट भिसा प्रकरणमा लेनदेन गरेको छैन- वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणमा लेनदेन नगरेको स्पष्ट गरेका छन् ।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै पुनले भिजिट भिसा प्रकरणमा दुई बुँदे सहमतिमा अग्नि सापकोटाको विषयमा लेनदेन गरेको आरोपको खण्डन गर्दै पुनले यो विषयमा कुनै सरोकार नभएको स्पष्ट गरेका थिए । पुनले अग्नि सापकोटाको विषय अदालतमा रहेको र फैसलाको पूर्ण पाठ आउनासाथ आफुहरुले धारणा बनाउने भन्दै यस विषयले कानुन अनुसार आफ्नै बाटो लिने बताए । पुनले नैतिकता भन्ने विषय व्यक्तिले देखाउने कुरा भएको बताउदै गृहमन्त्री लेखकले नैतिकताको आधारमा राजीनामा नदिएको बताएका हुन् ।

उनले भने- ‘नैतिकताको विषय भन्ने कुरा स्वाभाविक रुपमा व्यक्तिको विषय हुन्छ, निजी हुन्छ । हामीहरु पार्टीहरुले, विपक्षीहरुले या आम जनताको तर्फबाट सम्बन्धित व्यक्तिलाई ध्यानाकर्षण गराउने र सुझाव दिने विषय हो । त्यसमा गृहमन्त्रीज्यूले राजीनामा नदिने तर बाँकी सरकारको तर्फबाट छानबिनका लागि तयार छौं भनेर सरकारले प्रतिबद्धता गर्यो र ३० दिनभित्र आवश्यक संरचना तयार गरि छानबिनलाई अगाडी बढाउने प्रतिबद्धता आइसकेपछि हामी र एकीकृत समाजवादी लगायतका दल तयार भयौं ।’ पुनले मुख्य कुरा छानबिन भएकोले त्यसका लागि सरकार तयार भएको रास्वपासँग बताए पनि रास्वपाले नमानेको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *