रास्वपाका सांसदले जथाभावी ड्रेस लगाएको भन्दै कांग्रेसद्वारा सभामुखको ध्यानाकर्षण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले जथाभावी ड्रेस लगाएर संसद् भवन प्रवेश गरेको भन्दै सत्तारुढ दल नेपाली कांग्रेसले कारबाही गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।
आज मंगलबार प्रतिनिधि सभाको बैठक सुरुहुनासाथ रास्वपाका सांसदहरु निलो रिबन लगाएर अगाडि गई संसद अवरुद्ध गरेका थिए । अवरुद्धकै बिचमा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले संसदमा मर्यादित भएर आउनु पर्ने भन्दै रास्वपाका सांसदहरुले निलो रिबन लगाएर आएको प्रति आपत्ति जनाउदै सचेत गराउन र कारवाही गर्न सभामुखसँग माग गरेका थिए ।
‘यो संसद्मा मर्यादित पोशाकमा आउनुपर्छ भनिएको छ । यो नियमावलीमा गरिएको व्यवस्था हो । यो संसद्मा केही माननीय सदस्यले जुन स्कार्फ लगाउँदै आउनुभएको छ, यो मर्यादित पोशाकभित्र पर्छ कि पर्दैन ?,’ घिमिरेले भनेका छन् । उनले यस्ता ड्रेसलाई संसद्को मर्यादाभित्र पर्ने वा नपर्ने भन्दै सभामुख घिमिरेलाई प्रश्न गर्दै कारबाहिको माग गरेका हुन् । हाल संसद बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।