एनआईएमबीका ग्राहकले हिल्टन होटलमा १० प्रतिशत छुट पाउने
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) का ग्राहकले काठमाडौंस्थित हिल्टन होटलमा विषेश छुट पाउने भएका छन् । एनआईएमबी र हिल्टन होटलबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकलाई फुड एन्ड बेभरेजमा १० प्रतिशतसम्म छुट पाउने छन् ।
छुट सुविधा पाउन ग्राहकले एनआईएमबीको डेबिट÷क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाइल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । ग्राहकलाई डिजिटल माध्यम प्रयोग गरी भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधा बैंकले दिँदै आएको छ ।