नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले आज दोस्रोपटक नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । यो खेल साँझ ७ः ४५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा तीन सुपर ओभरसम्म पुगेर नेदरल्यान्ड्ससँग हार व्यहोरेको नेपाल आजको खेलमा बदला लिने दाउमा छ । रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा लोकेश बम, किरण ठगुन्ना, रुपेश सिंह र बसिर अहमद जस्ता नयाँ खेलाडीहरूलाई अवसर दिइएको छ ।
यस सिरिजमा नेपालले हालसम्म दुई खेल खेल्दा एक खेल जितेको छ भने एक खेलमा हार व्यहोरेको छ । सिरिजका दुई खेलमा आशिफ शेख, आरिफ शेख र भीम सार्कीलाई बेन्चमा राखिएको छ भने नयाँ खेलाडिहरुलाई अवसर दिइएको छ । नेपालले दुई खेलमा एक जित र एक हारका साथ २ अंक जोडेको छ । नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग सुपर ओभरमा पराजय भोगे पनि दोस्रो खेलमा स्कटल्यान्डलाई २ विकेटले हराएको थियो ।