योगले राष्ट्रिय एकता र आपसी भाइचारा बढाउन समेत मद्दत पुग्छ : मन्त्री पाण्डे
काठमाडौँ । शनिबार ललितपुरमा ११ औँ विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले योग नेपालको मौलिक, सांस्कृतिक र प्रयोगात्मक सम्पत्ति भएको बताएका छन् । मन्त्री पाण्डेले योगको माध्यमबाट व्यक्ति, परिवार, समाज र संस्थासँग जोड्दै यी सबैलाई राष्ट्रिय भावमा एकताबद्ध गरी राष्ट्रिय एकता र आपसी भाइचारा बढाउन समेत मद्दत पुग्ने विश्वास व्यक्त गरेका हुन् । अभ्यास गरी प्राप्त हुँदै आएको योग सम्बन्धी ज्ञान, सोको अभ्यासमार्फत सबै मानिसका लागि उपयोगी योगका विभिन्न विधिहरू आफ्नै भूमिबाट विकास हुँदै क्रमशः विश्वस्तरमा फैलिएको उनको भनाई थियो । योगको समुचित उपयोगबाट नै हाम्रो काम, कर्तव्य र व्यवहारमा सुधार गरी व्यक्तिको सृजनशीलता र नवप्रवर्तनमा समेत थप योगदान गर्न सकिने बताउनु भयो । योगको माध्यमबाट स्वस्थ, शान्त र अनुशासित नागरिक विकास गर्न र यसकै माध्यमबाट स्वस्थ एवं सभ्य समाज निर्माण गर्न सकिने उल्लेख गरे । उनले भने, ‘योगको माध्यमबाट व्यक्ति र परिवारलाई समाज र संस्थासँग जोड्दै यी सबैलाई राष्ट्रिय भावमा एकताबद्ध गरी राष्ट्रिय एकता र आपसी भाइचारा बढाउन समेत मद्दत पुग्ने देखिन्छ । हामीले अभ्यास गरी प्राप्त हुँदै आएको योग सम्बन्धी ज्ञान, सोको अभ्यासमार्फत सबै मानिसका लागि उपयोगी योगका विभिन्न विधिहरू हाम्रो आफ्नै भूमिबाट विकास हुँदै क्रमशः विश्वस्तरमा फैलिएको भन्ने कुरा सहजै भन्न सक्छौँ ।
योग नेपालको मौलिक, सांस्कृतिक र प्रयोगात्मक सम्पत्ति हो । यसको समुचित उपयोगबाट नै हाम्रो काम, कर्तव्य र व्यवहारमा सुधार गरी व्यक्तिको सृजनशीलता र नवप्रवर्तनमा समेत थप योगदान गर्न सकिन्छ । सुधार ल्याउन सकिन्छ । योगको माध्यमबाट स्वस्थ, शान्त र अनुशासित नागरिक विकास गर्न र यसकै माध्यमबाट स्वस्थ एवं सभ्य समाज निर्माण गर्न सकिन्छ । यस क्षेत्रमा भएका प्रयोग र सकारात्मक कदमलाई समय सापेक्ष सुधार गरी व्यक्तिको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन आजको दिनले सबैलाई प्रेरणा दिनेछ । मन्त्री पाण्डेले योग मानवका लागि जीवन उपयोगी रहेको बताए । योगका माध्यमबाट व्यक्तिको शारीरिक, मानसिक, मनोवैज्ञानिक, भावनात्मक विकासको मार्ग प्रशस्त हुने जिकिर गरे । उनले योगले शरीर, मन, भावना र चेतनालाई जोड्ने बताए । सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग भन्ने आदर्श वाक्यसहित आज अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ ।