१० करोड पटक हेरियो ‘दुश्मन हेरेको हेर्यै’
काठमाडौँ । गायक दुर्गेश थापाको ‘दुश्मन हेरेको हेरै’ गीतलाई युट्युबमा १० करोड पटक हेरिएको छ । रिलिज भएको पाँच महिनामा यो गीतलाई १० करोड पटक हेरिएको हो ।
रिलिज हुनासाथ चर्चामा आएको यो गीतले ५ महिनाको छोटो समयमै १ सय मिलियन भ्युज पाएको हो । रिलिजको केही समयपछि युट्युबको ग्लोबल ट्रेन्डिङमा समेत परेको यो गीतबाट दुर्गेश थापा फेरि चर्चामा आएका थिए । यो गीतमा दुर्गेशको आफ्नै शब्द तथा संगीत छ । गायनमा दुर्गेशसँगै गायिकाहरू समीक्षा अधिकारी र एलिना चौहानको स्वर छ । आनन्द कार्कीले पनि यसमा स्वर दिएका छन्।
गायक थापाले पाँच महिनामै १० करोड भ्यूज पार गरेर यस गीतले नेपाली सङ्गीत इतिहासको विशेष अध्याय बन्न पुगेको उल्लेख गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्-
‘दुश्मन हेरेको हेर्यै ५ महिनामै १० करोड पार गरेको नेपाली सङ्गीत इतिहासको विशेष अध्याय बन्न पुगेको छ । हिजो विश्व सङ्गीत दिवस थियो र सोहि दिन यो ऐतिहासिक क्षण बनेको छ । म भावुक छु, अभिभूत छु किनभने हजुरहरू मेरो भगवान दर्शकहरूले दिनुभएको माया, साथ र आशीर्वादले हाम्रो सृजना एउटा असाध्यै ठूलो उचाई चुम्न सफल भयो । आज म खुशी छु तर मलाई थाहा छ, म भन्दा कैयौं गुणा हजुरहरू खुशी हुनुहुन्छ, किनभने यो हाम्रो विजय हो, हाम्रो गर्व हो । हजुरहरूले दिएको यो सम्मान केवल भ्युजको संख्या होइन, यो सपना पुरा भएको दस्तावेज हो हजुर हरूले दिनु भएको परिचय अझै चम्किलो बनेको छ।’
उनले दर्शकहरुलाई धन्यवाद दिर्दै यो आफ्नो मात्र खुसीको क्षण नभएर सबैको विजय भएको बताएका छन् । उनले समर्थन र भगवानसरहको उपस्थिति दिएकोमा शीर झुकाएर कृतज्ञता व्यक्त गरेको बताएका छन् ।
‘दुश्मन हेरेको हेर्यै’