मन्जुश्री फाइनान्सको ‘इन्स्टा फन्ड ट्रान्सफर’ सेवा सुरु
काठमाडौं । डिजिटल सेवामा नवीनता ल्याउने क्रमलाई जारी राख्दै मन्जुश्री फाइनान्स लिमिटेडले आफ्ना ग्राहकहरूलाई थप सहज र प्रभावकारी सेवा दिन ‘इन्स्टा फन्ड ट्रान्सफर’ सुविधा सञ्चालनमा ल्याएको छ। यस सुविधामार्फत ग्राहकहरूले मन्जुश्री स्मार्ट मोबाइल बैंकिङ एप प्रयोग गरी एनपीएस प्रणालीमा आबद्ध जुनसुकै बैंक वा वित्तीय संस्थामा निःशुल्क रकम स्थानान्तरण गर्न सक्नेछन्। कम्पनीका अनुसार यो सेवा प्रयोगकर्ताको डिजिटल बैंकिङ अनुभवलाई थप सुरक्षित, सहज र द्रुत बनाउन लक्ष्यित गरिएको छ। ग्राहक सन्तुष्टि र विश्वासलाई प्राथमिकतामा राख्दै मन्जुश्री फाइनान्सले आकर्षक निक्षेप ब्याजदर, सहज कर्जा पहुँच लगायतका सेवाहरू प्रदान गर्दै आएको छ। हालसम्म २७ शाखा र १ बिस्तारित काउन्टरमार्फत सेवा दिइरहेको कम्पनीले १ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई सेवा पुर्याइरहेको जनाएको छ।डिजिटल प्रविधिमा आधारित यस्ता नयाँ सेवाहरूले वित्तीय कारोबारलाई झनै सहज, छरितो र सुरक्षित बनाउन मद्दत पुग्ने विश्वास कम्पनीले लिएको छ।