टाटा कर्भ इभीमा काठमाडौंदेखि कन्याकुमारीसम्मको यात्रा सम्पन्न
काठमाण्डौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रा।लि। ले काठमाडौंदेखि कन्याकुमारीसम्मको के२के ड्राइभ सफलतापूर्वक सम्पन्न गरेका अटो उत्साही आवशिष प्रसाद ओझा र विजयराम कसजूलाई शुभकामना कार्यक्रमको आयोजना गरेको छ। विश्व वातावरण दिवस २०८२ (जेठ २३) को दिन थापाथलीस्थित टाटा मोटर्स सोरूमबाट टाटा कर्भ इभीमा सुरू गरिएको यो विद्युतीय गाडीको यात्रा, भारतको दक्षिणी छेउ कन्याकुमारीसम्मको पुगेर करिब ६७०० किलोमिटरको यात्रापछि थापाथलीस्थित टाटा मोटर्स सोरूमबाटै सम्पन्न भएको छ। टाटा कर्भ इभीको यात्रामा सहभागी अटो उत्साहीद्वय ओझा र कासजूसँग थापाथलीस्थित पिभिबियू सोरूममा विशेष अनुभव आदान–प्रदान कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा यात्राको अनुभव, चार्जिङ इन्फ्रास्ट्रक्चर, सडक अवस्थाहरू, र टाटा कर्भ इभीको उत्कृष्ट प्रदर्शनबारे छलफल भएको थियो। नेपालमा हालै सार्वजनिक गरिएको टाटा कर्भ इभी अत्याधुनिक फिचरहरूसहितको इलेक्ट्रिक एसयुभी–कुपे हो, जसमा लेभल–२ एडिएएस, भि२एल टेक्नोलोजी, प्यानोरामिक सनरुफ र उन्नत सुरक्षा सुविधा उपलब्ध छन्। सिप्रदी ट्रेडिङले कर्भ इभी जस्ता प्रविधिमैत्री उत्पादनहरूमार्फत इलेक्ट्रिक मोबिलिटीको भविष्य निर्माणमा निरन्तर भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ।