दक्षिण अफ्रिकाका राजदूत अनिल सुकलालद्वारा राष्ट्रपति पौडेललाई ओहोदाको प्रमाणपत्र प्रस्तुत
काठमाडौँ । नेपालका लागि नव नियुक्त दक्षिण अफ्रिकी गणतन्त्रात्मक राज्यका राजदूत महामहिम प्राध्यापक अनिल सुकलालले सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई आफ्नो ओहोदाको प्रमाणपत्र आधिकारिक रूपमा प्रस्तुत गरे। शीतल निवासस्थित राष्ट्रपति भवन परिसरमा आयोजित औपचारिक समारोहमा राजदूत सुकलालले प्रमाणपत्र प्रस्तुत गर्दै दक्षिण अफ्रिकी राष्ट्रपतिको तर्फबाट नेपालको राष्ट्रपति र नेपाली जनताप्रति शुभकामना सन्देश पनि व्यक्त गरे।
सो अवसरमा नेपालका लागि दक्षिण अफ्रिकाका मानार्थ वाणिज्यदूत प्रदीपकुमार श्रेष्ठ तथा दक्षिण अफ्रिकी कूटनीतिक नियोगका प्रथम सचिव पिटर पनि उपस्थित थिए। उक्त कार्यक्रममा दुई राष्ट्रबीचको बढ्दो कूटनीतिक सम्बन्ध, आपसी समझदारी र सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो। राजदूत सुकलालको यो नियुक्ति नेपाल–दक्षिण अफ्रिका सम्बन्धमा नयाँ उचाइको संकेतका रूपमा हेरिएको छ।