लक्ष्मी महिला साकोसद्वारा सदस्यमाझ सहकारी शिक्षा पुर्याउँदै
काभ्रे । लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले सहकारी शिक्षा तथा सदस्य विस्तार कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले सदस्यहरुलाई सहकारीको आवश्यकता,महत्व,बचतका किसिम र ऋण परिचालन लगायतका विषयमा जानकारी दिने उदेश्यले सदस्य विस्तार कार्यक्रम सञ्चालन गरेको हो । संस्थाले सदस्यहरुलाई पाएक पर्ने ठाउँमा भेला गरी उक्त कार्यक्रम गर्दै आएको जनाएको छ । संस्थाले उक्त कार्यक्रममार्फत् आफ्नो कार्यक्षेत्र भित्र रहेका सदस्यहरुलाई वित्तीय साक्षरताका साथै संस्थाले दिने सेवाको वारेमा पनि जानकारी दिने गरेको जनाएको छ । संस्थाको वार्षिक कार्ययोजना अनुसार सहकारी शिक्षा तथा सदस्य विस्तार कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रम संस्थाका सचिव एवं शिक्षा उपसमिति संयोजक सकुन्तला श्रेष्ठको संयोजकत्वमा तथा कोषाध्यक्ष कल्याणी चन्द ठकुरीको उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रममा सचिव श्रेष्ठले संस्थाको इतिहास, वित्तीय अवस्था तथा हालको आर्थिक अवस्थाको समग्र विवरण प्रस्तुत गरेकी थिइन् । पुर्व संचालक समिति सदस्य सापकोटाले सहकारी सिद्धान्तहरू, आधार मूल्य र नैतिक मूल्य का वारेमा सहभागी सदस्यहरूलाई जानकारी दिँदै सन्स्था दिगो र सक्षम भएकोले ढुक्क भएर वित्तीय कारोबार गर्न सुझाव दिइन् । संस्थाले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै सहकारी चेतना अभिवृद्धि र सदस्य संख्यामा वृद्दि गर्ने प्रतिबद्धता जनाएको छ ।