सिटिजन्स बैंकको एपबाट २ लाखसम्म ऋण लिन सकिने सुविधा सुरु
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ग्राहकहरूका लागि मोबाइल बैंकिङ एपमार्फत ‘डिजिटल लोन अगेंस्ट फिक्स्ड डिपोजिट’ सेवा सुरु गरेको छ । अब ग्राहकले आफ्नो मुद्दती निक्षेपको आधारमा अनलाइनबाटै तत्काल ऋण लिन सक्ने सुविधा पाउनेछन् । बैंकले उक्त सेवा ल्याउने उद्देश्य सेवा प्रक्रियालाई सरल, सहज र डिजिटल माध्यममै उपलब्ध गराउनु रहेको जनाएको छ । ग्राहकले मोबाइल एपमार्फत मुद्दती निक्षेपको अधिकतम ९० प्रतिशतसम्म (५ हजारदेखि २ लाख रुपैयाँभित्र) ऋण प्राप्त गर्न सक्नेछन् ।
ऋणको स्वीकृति पश्चात् रकम आवेदकको बचत खातामा तुरुन्तै जम्मा हुनेछ । यस सेवाका लागि कुनै पनि भौतिक कागजात आवश्यक नपर्ने भएकाले डिजिटल बैंकिङको दिशा तर्फको यो प्रयासले ग्राहकलाई सहजता र समयको बचत गराउने विश्वास बैंकले व्यक्त गरेको छ । सिटिजन्स बैंकले डिजिटल प्रविधिको माध्यमबाट सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै लैजान निरन्तर रुपमा नयाँ(नयाँ प्रविधिमैत्री सेवा ल्याइरहेको जनाएको छ ।