प्रधानसेनापतिबाट केसीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी पदमा बढुवा भएका गौरवकुमार केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित एक समारोहमा केसीलाई चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको हो। उपरथी पदमा असार ९ गते बढुवा भएका केसी केही समयअघि मात्र प्रवक्ता पदबाट सरुवा भई निमित्त पृतनापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए। हाल पदोन्नतिसँगै उनलाई पूर्वी पृतनापतिको जिम्मेवारी दिइएको छ।
केसीले करिब एक वर्षसम्म नेपाली सेनाको प्रवक्ताको रूपमा कार्य गरेका थिए।