राष्ट्रिय परीक्षा बोर्डको बैठक जारी
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठक केहि समयबाट जारी रहेको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने विषयमा निर्णय गर्न बोर्ड बैठक सुरु भएको हो । बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले आजै नतिजा प्रकाशित गर्ने र त्यो सम्भव नभए भोलिसम्ममा प्रकाशित हुने बताएका थिए । केही प्राविधिक समस्या नदेखिएको खण्डमा आजै प्रकाशित गरिने र नभएको खण्डमा भोली प्रकाशित गर्ने बोर्डको तयारी छ ।
सोहि विषयमा निर्णय गर्न बोर्डको बैठक बसिरहेको हो ।