समाजवादी सचिवालय बैठक- नेपालको अध्यक्ष पद र दलको नेताबारे छलफल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि नेपालको अध्यक्ष पदबारे छलफल भएको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको छैटौँ केन्द्रीय सचिवालय बैठकमा नेताहरूले यसबारे प्रश्न गरेको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए । ‘मुद्दाका सन्दर्भमा वक्ताहरूले आफ्ना कुरा राख्नुभयो । खासगरी पतञ्जली प्रकरणमा पार्टी अध्यक्षलाई फसाउने योजनाले मुद्दा दर्ज गरियो । सबै वक्ताहरूको निष्कर्ष हाम्रो पार्टीमा पहिलेदेखि षड्यन्त्रको शृङ्खलाका रूपमा झुटो मुद्दा लगाएको निष्कर्ष छ’, ज्वालाले भने,।’
ज्वालाले नेपालमाथि मुद्दा लागे पनि अध्यक्षकै हैसियतमा रहने र दलको नेताको हकमा दलको बैठक बसेर निर्णय हुने पनि बताए ।