नेपालले इन्डोनेशियालाई ३७० रनले हरायो
काठमाडौं । नेपालले एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा इन्डोनेसियामाथि विशाल अन्तरको जित हासिल गरेको छ ।
क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा भएको खेलमा नेपालले इन्डोनेसियालाई ३७० रनको विशाल अन्तरको जित निकालेको हो । नेपालले दिएको ४२१ रनको विशाल लक्ष्य पछ्याएको इन्डोनेसिया २४.३ ओभरमा ५० रन बनाएर अलआउट भएपछि नेपालले ३७० रनले जितेको हो । इन्डोनेसियाका लागि कविन नीरजले सर्वाधिक १५ तथा दिवित नन्दाले १४ रन बनाए । यता नेपालको बलिङमा बिपिनले ७.३ ओभरमा १२ रन दिएर ६ विकेट लिए । त्यस्तै शुभम खनाल र सुगम बुढाथोकीले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ४२० रन बनाउँदै इन्डोनेसियालाई ४२१ रनको लक्ष्य दिएको थियो ।