कांग्रेस बैठकस्थलमा शिक्षामन्त्री पन्त
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ ।
केन्द्रीय कार्यालय सानेपामा बैठक बसिरहेको हो । यसैबीच, बैठकस्थलमा शिक्षामन्त्री रघुजी पन्त पनि पुगेका छन् । मन्त्री पन्त कांग्रेसको बैठक चलिरहँदा अर्कोतर्फ बसिरहेका छन् । शिक्षकसँगको सहमतिअनुसार शिक्षा विधेयक हिजो (आइतबार) पारित गर्नुपर्ने भएपनि समितिमै विधेयकमा सहमति नजुटेपछि पारित हुन सकेन ।
शिक्षक महासंघले विधेयक पारित नभएको भन्दै आन्दोलन थाल्ने चेतावनी दिएसँगै पन्तमाथि दबाब बढेको छ । जसकारण कांग्रेस नेताहरुसँग संवाद गर्न उनी सानेपा पुगेको बुझिएको छ ।