नेविसंघको अधिवेशन पक्षधरले पार्टी कार्यालयमा प्रदर्शन गरे
काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको अधिवेशन पक्षधरले पार्टी कार्यालयमा प्रदर्शन गरेका छन् ।
आज (सोमबार) पार्टीको केन्द्रीय कार्यसमिति बैठक अघि नेविसंघ नेताहरूले केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गेका हुन् । समयमै पार्टीको अधिवेशन हुनुपर्ने माग राखेर कालो कपडाले शरीर र मुख छोपेर केन्द्रीय कार्यालय सानेपामा उनीहरुले विरोध प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा सहभागी विद्यार्थी नेताहरुले ‘म म्यादी नेविसंघ, मेरो अधिवेशन कहिलेरु’, ‘म मेरो पार्टीले वन्धक बनएको नेविसंघ’, ‘म ९ वर्षसम्म अधिवेशन नगराउने लोकतान्त्रिक पार्टीको नेविसंघ’ जस्ता प्लेकार्ड बोकेका थिए ।