नाडा अटो शो २०२५ का लागि स्टल बाँडफाँड

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ‘नाडा अटो शो २०२५’ का लागि स्टल एलोकेसन सकिएको छ । नाडाले आयोजना गर्न लागेको नाडा अटो शो आगामी भदौ ३ देखि ८ सम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुनेछ । नाडाका अनुसार अटो शोमा चार पांग्रे सवारीका १८ वटा स्टल, दुई पांग्रेको ४ वटा, लाइट कर्मर्शियल भेहिकलका १३ वटा र अटो कम्पोनेन्टहरुका ४० वटाभन्दा बढी स्टल रहने छन् ।

यो संस्करणमा मेड इन नेपाल पभिलियन, विन्टेज कार पभिलियन, अटो डायलग (नीति र प्रवृत्ति सम्बन्धी संवाद), इटेरी, क्याफेलगायत विशेष आकर्षण हुनेछ । नाडा अटो शो को टाइटल स्पोन्सर एमएडब्ल्यू ग्रुप अफ कम्पनी रहनेछ । वि.सं. २०५५ मा सुरु भएको नाडा अटो शो २०८२ सम्म आइपुग्दा नेपाली अटो उद्योगको प्रमुख प्रदर्शनी बनेको छ । जसले नाडा अटो शो प्रविधि, नवप्रवद्र्धन एवं गतिशीलतामा महत्त्वपूर्ण योगदान दिँदै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *