चीनमा हिमताल विस्फोटबाटै रसुवामा बाढी आएको पुष्टि

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वामाुन महाशाखाले चीनमा हिमताल विस्फोटबाटै असार २४ गते रसुवामा बाढी आएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको जनाएको छ ।

महाशाखाले बाढीबारे अपडेट सार्वजनिक गर्दै हिमताल विस्फोटबाटै बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको हो । यस सम्बन्धमा चीनबाट थप स्थलगत प्रतिवेदन प्राप्त हुने अपेक्षा गरिएको पनि महाशाखाले जनाएको छ । ‘आगामी दिनमा भू–उपग्रह मार्फत प्राप्त हुन सक्ने अन्य तस्बिरहरूले समेत थप पुस्ट्याइँ दिन सक्नेछ’, महाशाखाले भनेको छ ।

चीनको लेन्दे खोला हुँदै नेपालको भोटेकोशी नदीमा आएको बाढीले ठुलो जनधनको क्षति गरेको थियो । बाढीमा १९ जना बेपत्ता भएका छन् भने हालसम्म ९ जनाको शव भेटिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *