ऊर्जामन्त्रीको विरोधमा उत्रिए विद्युत् प्राधिकरण ट्रेड युनियनहरूकै कर्मचारी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरू ऊर्जामन्त्री दीपक खड्काको विरोधमा उत्रिएका छन् । उनीहरूले प्राधिकरण सञ्चालक समितिको बैठक अवरुद्ध गर्ने चेतावनी पनि दिएका छन् । मन्त्री खड्काले प्राधिकरणका कार्यकारी निर्देशकको अधिकार कटौती गर्न खोजेको आरोप लगाएका छन् । यस्तै, मनोमानी ढगबाट सञ्चालक समिति सञ्चालन गर्न खोजेको उनीहरूको आरोप छ । ूकार्यकारी निर्देशकलाई सहज गराउने गरी सञ्चालक समितिको बैठक बसी निर्णय गर्नुपर्नेमा सो नगरी बहुमत सदस्यको सहयोग लिएर कार्यकारी निर्देशकलाई अप्ठेरो पार्ने गरी बैठक बस्ने गरेको ।

सञ्चालक समितिको बैठकमा पेस हुने एजेन्डा कार्यकारी निर्देशकले सञ्चालक समिति अध्ययक्षको परामर्शमा तय गर्नुपर्नेमा मन्त्रालयबाट सोझै तोकादेश भई एजेन्डा बन्ने गरेको । सञ्चालक समितिको बैठकमा एजेन्डा प्रस्तुत गर्ने अधिकारी नै कार्यकारी निर्देशक हो । नियमिततर्फको एजेन्डा भन्दा विविधमा आफूअनुकूलका एजेन्डा मन्त्री र सचिवमार्फत ल्याइने गरेको, उनीहरूले भनेका छन् । कार्यकारी निर्देशकलाई दबाब दिएर सञ्चालक समितिबाट निर्णय गराई जेठ मसान्त तथा मिति नै तोकेर असार २२ गते सरुवा गर्ने भनी निर्णय गराएको उनीहरूको छ । जेठ–असार महिनामा कर्मचारी सरुवाको आतंक सिर्जना गरी कस्तो संस्थागत सुशासनको परिकल्पना गरिएको हो रु असार २२ गते सरुवा नभएपछि पुन साउन २२ गतेभित्र सरुवा गर्ने भनी दबाब दिई निर्णय गराएको,ू उनीहरूको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *