टी-२० टोलीको क्याम्पका लागि क्यानले बोलायो ३२ खेलाडी
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी आईसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रीय छनोट प्रतियोगिताको तयारीका लागि ३२ खेलाडीलाई क्याम्पमा बोलाएको छ ।
क्याम्पमा बोलाइएका खेलाडीमा रोहितकुमार पौडेल, आसिफ सेख, आरिफ सेख, रिजन ढकाल, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, अनिल साह, लोकेस बम, नन्दन यादव, सन्दीप लामिछाने, कुशल मल्ल, गुलशन कुमार झा, युवराज खत्री, रुपेश कुमार सिंह, विवेक कुमार यादव, शेर मल्ल, किरण ठगुन्ना, आदील अन्सारी, सुभ कंसकार, भीम सार्की, करण केसी, प्रतिस जीसी, बसिर अहमद, सागर ढकाल, पवन सर्राफ, अर्जुन धर्ती, सोमपाल कामी, ललित नारायण राजवंशी, साहब आलम, आकाश चन्द, सन्दीप जोरा र कमल सिंह ऐरी रहेका छन् ।
उक्त टोलीबाट छानिएका खेलाडीहरू समावेश भएको अन्तिम टोलीले एसिया तथा इस्ट एसिया पेसिफिक छनोट खेल्नेछ । यही छनोट नेपालका लागि २०२६ भारत–श्रीलंकामा संयुक्त आयोजनामा हुने टी–२० विश्वकपमा पुग्ने अर्को अवसर हुनेछ।
