एमआई न्यूयोर्कलाई मेजर लिग क्रिकेटको उपाधि
काठमाडौँ । एमआई न्यूयोर्कले मेजर लिग क्रिकेटको उपाधि जितेको छ ।
सोमबार बिहान सम्पन्न फाइनल खेलमा एमआई न्यूयोर्कले वाशिंगटन फ्रिडमलाई ५ रनले पराजित गर्दै मेजर लिग क्रिकेटको उपाधि जितेको हो । एमआई न्यूयोर्कले दिएको १८१ रनको लक्ष्य पछाएको वाशिंगटन फ्रिडमले २० ओभरमा ५ विकेट गुमाउदै १७५ रन बनाएको थियो । यस अघि एमआई न्यूयोर्कले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १८० रन बनाएको थियो ।
योसँगै एमआई न्यूयोर्कले दोस्रो पटक मेजर लिग क्रिकेटको उपाधि जितेको छ । न्यूयोर्कले मेजर लिग क्रिकेटको पहिलो सिजन २०२३ मा जितेको थियो । २०२४ मा वाशिंगटन फ्रिडमले जितेको थियो । मेजर लिग क्रिकेटमा एमआई न्यूयोर्क र वाशिंगटन फ्रिडमसहित ६ फ्रेन्चाइजी खेल्ने गर्दछन् ।