सोमबार नेप्से दोहोरो अंकले घट्यो
काठमाडौँ । सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक ३५.०९ अंकले घटेर २७२५.७१ अंकमा अडिएको छ।
आज ३२१ स्क्रिप्सको २ करोड ११ लाख २ हजार ५४० कित्ता सेयर ८ अर्ब १७ करोड २१ लाख ४३ हजार ३२६ रुपैयाँमा खरिदबिक्री भए। यसदिन माइखोला हाइड्रो र हिमालय हाइड्रोका लगानीकर्ताले कमाए भने सामुदायिक लघुवित्त र धौलागिरि लघुवित्तका लगानीकर्ताले गुमाए । ४० करोड ८८ हजार रुपैयाँ बढीको सेयर कारोबार गरी एनआरएन इन्फ्राइन्स्ट्रकचर शीर्ष स्थानमा रह्यो।
नेपाल राष्ट्र बैंकले लचक मौद्रिक नीति सार्वजनिक गरेको दोस्रो कारोबार दिनमै नेप्से सूचकमा गिरावट आएको हो।