फिल्म ‘परिवार’ निर्माणको घोषणा
काठमाडौं । फिल्म ‘परिवार’ निर्माणको घोषणा गरिएको छ । राजधानीमा शुभमुहूर्त गर्दै निर्माणपक्षले आज यो चलचित्र निर्माणको घोषणा गरेको हो ।
मदन थापाको निर्देशन रहने चलचित्रको शुभमुहूर्तसँगै छायाकंन सुरुवात गरिएको छ । यस सिनेमाको अधिकांश छायाकंन काठमाडौंमा हुनेछ भने केही दृश्य भ्याली बाहिर छायांकन गर्ने निर्माणपक्षले जानकारी दिएको छ । निर्देशक थापाले यस अघि चलचित्र ‘बाटो: रोड टू डेथ’ निर्देशन गरेका थिए । भदौ २७ गते रिलिज हुने चलचित्र ‘अभिमन्यु : च्याप्टर-१’मा क्रिएटिभ निर्देशकको रुपमा समेत काम गरेका छन् ।
फिल्मको कलाकार निर्माण पक्षले अहिले गोप्य राखेको छ । मुर्हूतमा पनि प्राविधिक र निर्माण पक्षको मात्र सहभागिता रहेको थियो । किरण रिजाल, रमेश साही, भिसाका बिक्रम थापा, स्प्रान्जा कँडेल निर्माता रहेको फिल्ममा सहनिर्मातामा सन्तोष अधिकारी हुन् । प्रेम थापा र गणेश उपाध्यायको कथा रहेको फिल्म नीरज कँडेलले खिच्नेछन् । फिल्मका कार्यकारी निर्मातामा रमेशबहादुर शाही रहेका छन् ।